रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.3K
SHARES

२३ कार्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।