देशभित्रै अवसर छ – प्रवक्ता महत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.4K
SHARES

२३ कार्तिक चितवन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउन सत्तासाझेदार दलहरूले संयन्त्र बनाएको बताएका छन् ।आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संघीय, प्रदेश र स्थानीय तहमा समझादारी बढाउन संयन्त्र अवश्यक भएको बताए ।

उनले भने, “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो ।” देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर रहको विश्वास दिलाउन आवश्यक रहेको उनको भनाइ छ । अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताए ।