सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
3.9K
SHARES

२५ कार्तिक थाहानगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

थाहा नगरको बज्रबारहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शासकीय स्वरूपमा परिवर्तन नआइन्जेल नेपालमा स्थिरता कायम नहुने बताउँदै उनले अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्ने र विज्ञ समूहबाट मन्त्री बनाउनुपर्ने बताए ।