जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो – उपसभापति अर्याल


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
3.7K
SHARES

२५ कार्तिक पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन् ।पोखरामा भएको प्रदर्शनको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’, उनले भने, ‘यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’