मन्त्री हेरफेर हुदै : यी चार मन्त्री रेड जोनमा
२७ कार्तिक काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको अहिले चार महिना भइसक्दा पनि उल्लेख्य परिणाम नदेखिएको टिप्पणी हुन थालेकै बेला केही मन्त्री रेड जोनमा परेको संकेत देखिएको छ ।
प्रधानमन्त्री ओलीले चार महिनामा गतिलो प्रभाव देखाउन नसकेका तथा विवादमा तानिएका केही मन्त्री हेरफेर गर्ने चर्चा सिंहदरबारमा सुरु भएको एक श्रोतले बताएको छ । एमालेबाट मन्त्री भएकामध्ये चार जना मन्त्री फेरिने चर्चा एमालेभित्र छ ।
मन्त्रीहरूले सम्झौताअनुसार काम देखाउन नसकेको र आन्तरिक रूपमा विवादमा परेपछि हटाउने तयारी गरेको स्रोतको दाबी छ । उद्योगमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी अहिले रेड जोनमा रहेको एमालेका नेताहरू नै बताउँछन् ।