खोरमा थुनिदैमा बाघ स्याल हुँदैन – रबि लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
3.3K
SHARES

२७ कार्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका छन् ।

मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर भने– ‘खोरमा थुनिदैमा बाघ स्याल हुँदैन ।’

बयान दिएर निस्किने क्रममा उनी आत्मविश्वासी देखिन्थे । उनलाई प्रहरीको एक समूहलाई लग्दै थियो । त्यसक्रममा एकछिन रोकिएर रविले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका हुन् ।

कात्तिक २ गते पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका रविलाई मंगलबार बिहान विमानमार्फत रूपन्देही लगिएको हो ।