दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
2.5K
SHARES

३० कात्तिक धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । ७ जना घाइते छन् ।

शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे बताए । मृतककाे सनाखत हुन बाँकी छ ।