कम्युनिस्ट पार्टीहरू एकीकृत हुनुपर्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
3.5K
SHARES

३० कार्तिक काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिस्ट पार्टी एकीकृत हुनुपर्ने बताएका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय संघ (समाजवादी)ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिस्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए ।

उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिस्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।

अहिले पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट सिद्धान्त तथा आदर्शप्रति निष्ठावान सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।