मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
2.2K
SHARES

१ मंसिर मध्यविन्दु । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।