कीर्तिपुरमा बाजागाजासहित माओवादीको उम्मेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2.8K
SHARES

२ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा प्रा. डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केही बेरअघि उनले उम्मेदवारी मनोनयन गराएका हुन् । उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका नेता-कार्यकर्ता बाजागाजासहित पुगेका थिए ।

गत स्थानीय तह निर्वाचनमा कीर्तिपुरको मेयरमा नेपाली काँग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । उनको निधन भएकाले यहाँ उपचुनाव हुन लागेको हो । त्यसबेला पनि माओवादीले महर्जनलाई नै उम्मेदवार बनाएको थियो । चार हजार मत प्राप्त गर्दै तेस्रो भएका उनलाई यसपटक नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी (नेसपा ले पनि सर्मथन गरेका छन् ।

मङ्सिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । संघीय राजधानीको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् भने आमरुपमा पनि चासो छ ।