पूर्वसभामुख ढुङ्गानाको निधन


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
3.4K
SHARES

२ मंसिर काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।