डा. बैकुण्ठ अर्यालले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
1.9K
SHARES

३ मंसिर काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे राजीनामा दिएका थिए ।अर्यालले आइतबार दिउसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो ।डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टै १० असारमा मन्त्रिपरिषद्ले उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो। तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।