काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ४ २०८१
2.7K
SHARES
४ मंसिर काठमाडौं । केही दिनयता देशभर क्रमिक रूपमा चिसो बढेको छ । चिसोसँग तापक्रम घट्दै गएको छ ।
मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट