सभापति देउवाले गरे महामन्त्रीद्वयसँग छलफल


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०८१
8.6K
SHARES

४ मंसिर काठमाडौं । गृहजिल्ला डडेल्धुराबाट फर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन्। आज बिहान बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन्।

भेटमा पछिल्ला विकसित समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनलगायतको विषयमा कुराकानी भएको बताइएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति र महामन्त्रीहरुबीचको भेट नियमित भेट मात्रै भएको बताए।

उनले भने, ‘पार्टी सञ्चालनको विषयमा सभापति र महामन्त्रीहरुबीच भेट भइरहन्छन्। आजको भेट पनि कुनै एजेण्डा विशेष होइन। नियमित हो।’

करिब एक साता डडेल्धुराबाट फर्किएका देउवाले काठमाडौं आएलगत्तै हिजो साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सत्तारुढ दलका दुई शीर्ष नेताहरुबीचको भेटमा सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारे छलफल भएको जनाइएको छ।