आजदेखि निषेधित अवधि सुरु हुँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०८१
2K
SHARES

१३ मंसिर काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको  निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ ।  राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ ।

निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन । आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।