घरजग्गा, गाडी र सेयरको पछि लागेर अर्थतन्त्र चल्दैन – गभर्नर


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१
2.1K
SHARES

१६ मंसिर काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खाली घरजग्गा, गाडी र सेयरको पछिलागेर अर्थतन्त्र नचल्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रको वर्तमान समस्या मौद्रिक, आर्थिक नितीमा नभई गैर आर्थिक समस्याको कारण रहेको बताए ।

अधिकारीले शुक्रबार जारी मौद्रिक नीतिको समीक्षाप्रति इगिंत गर्दै साउनमा जारी गरेका नितीहरूनै कार्यान्वयनमा पूर्णता नएकाले बिस्तारै राष्ट्र बैंकले आफ्ना नीतिहरू परिमार्जन गर्दै जाने बताए ।‘सधैँ घरजग्गा, गाडी र सेयरको पछि लागेर हुँदैन, गैर मौद्रिकको कारण विग्रिएको अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए ।गभर्नर अधिकारीले अधिकारीले अर्थतन्त्र साइकल रहेको र सधै एक रफ्तार नहुने बताए । उनले बैंकिङ क्षेत्रमा अलिक समस्या आउँदैमा आत्तिएर सेयर नवेच्न प्रमोटरअरूलाई आग्रग गरे । उनले अफ्टेरो परेको बेला नआत्तिन सबैलाई आग्रह गरे ।

अधिकारीले समग्र आर्थिक अवस्थाको हिसावले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौति भने कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाई छ ।