उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
3.7K
SHARES

१७ मंसिर सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन्। उनले ४,२७२ मत प्राप्त गरिन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३,१४७ मत ल्याएर पराजित भइन्। नेकपा एमालेकी सुनिता बोहराले २,५४२ मत ल्याइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन्।