ग्रामथानको अध्यक्षमा माओवादीका माझी निर्वाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
4K
SHARES

१७ मंसिर काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । उनले ६ हजार ९६९ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ६ हजार ३३३ मत ल्याएका छन् । एमालेका तुलसीराम विश्वासले ४ हजार १५९  मत प्राप्त गरेका छन् । पालिका अध्यक्ष जितेका कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात उपनिर्वाचन भएको हो ।