९ बजे कीर्तिपुरको परिणाम आउने


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
8.5K
SHARES

१७ मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना उत्तरार्द्धमा पुग्दा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनामा कांग्रेसले एमालेलाई ठीक एक हजार ३५ मतले पछि पारेको छ ।कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ४५५ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र श्रेष्ठले ३ हजार ४२० मतका साथ पछ्याएका हुन् ।

तेस्रो स्थानमा रहेका माओवादी उम्मेदवार शिव शरण महर्जनले २ हजार ९५० मत ल्याएका छन् । एमाले र माओवादी उम्मेदवारबीच ४७० मतको फरक छ ।हाल १, २, ३, ४, ५, ६, ७, ८ वडा सम्मको मतपरिणाम आइसकेको छ भने वडा ९ र १० को मतगणना हुँदैछ । आजै ९ बजे परिणाम आइसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।