बेलकामा माओवादी केन्द्रका घिमिरे निर्वाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
3.8K
SHARES

१७मंसिर काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र)का भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा (एमाले)का उमेदवार मोहन खड्कालाई ३४ मतले हराउँदै घिमिरे निर्वाचित भएका हुन् ।

निर्वाचित भएका घिमिरेले ५५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ५२५ मत ल्याए ।

नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४ मत ल्याउँदा जनता समाजवादी पार्टीका रामकुमार राईले २०७ मत ल्याए ।