प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
2.3K
SHARES

१८ मंसिर बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता सुरू भएको छ । अहिले केही समयपछि हस्ताक्षर समारोह हुनेछ ।

ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।