उपनिर्वाचनले माओवादीप्रति आकर्षण बढेको प्रमाणित गर्‍यो – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
3.8K
SHARES

१८ मंसिर तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ।

माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगर सम्मेलनको उद्घाटन समारोमा श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए ।

जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ,” उनले भने ।

श्रेष्ठले पार्टी अब नयाँ ढंगबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गरे । उनले माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको पनि स्पष्ट पारे ।