कसैको वैशाखी टेक्दैनौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१
4.8K
SHARES

१९ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका छन् ।प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको दाबी गरे ।

‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं,’ प्रचण्डले भने ।भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए ।