अखिल (क्रान्तिकारी)को सम्मेलनबारे निर्णय गर्न माओवादीको पदाधिकारी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१
7K
SHARES

१९ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले  जानकारी दिए । बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।

अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो । पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् ।