भुटानी राजा काठमाडौंमा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २१ २०८१
2.3K
SHARES
२१ मंसिर काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनले फर्किने क्रममा काठमाडौंमा भ्रमण गरेका हुन् ।उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट