घट्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
2.6K
SHARES

२१ मंसिर काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।