६४ कै लयमा माओवादी फर्किँदैछ – प्रचण्ड
२२ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन् ।माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेरमात्रै राजनीतिक कोर्स बदल्न सकिने बताए ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएरमात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिन्छ ।
अहिले माओवादीलाई जनतातर्फ फर्कने अवसर मिलेको भन्दै अध्यक्ष प्रचण्डले केही जिल्लामा ६४ कै अवस्था फर्कन थालेको दाबी गरे ।विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको पनि उनले सुनाए ।
उनले पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गरे ।