निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१
3.9K
SHARES

२२ मंसिर काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौं रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दाबी छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा शनिबार आयोजना गरेको ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले एक साताभित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्योट हुने बताएका हुन् ।