सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
2.5K
SHARES

२३ मंसिर काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।