नेप्से घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१
1.7K
SHARES

२५ मंसिर काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ ।मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो ।५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो ।

८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।जोशी हाइड्रोपावरको ७.६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे ।