रवि लामिछानेलाई उच्च रक्तचाप
२६ मंसिर पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उक्त रक्तचाप देखिएको छ । उनलाई बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थलमा ल्याइएको थियो ।
पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए । फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन् । तर, लामिछाने भने हिरासतमा नै फर्किएका छन् ।