वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०८१
1.6K
SHARES

२८ मंसिर काठमाडौ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको जनाएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोशाक, जुस, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ ।

रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आई रु.४६० अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.५७ अर्ब २४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५३ अर्ब ८४ करोड बराबरको भएको थियो ।