उच्च भयो मूल्यवृद्धि


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०८१
2.1K
SHARES

२८ मंसिर काठमाडौ । पछिल्लो समय मत्थर हुँदै गएको मूल्यवृद्धि कात्तिकमा भने केही उचालिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिकमा अघिल्लो वर्षको कात्तिको तुलनामा समग्र उपभोक्ता मूल्यवृद्धि ५.६० प्रतिशतले बढेको छ।

असारमा पछिल्लो समयकै न्यून विन्दु अर्थात् ३.५७ मा झरेको मूल्यवृद्धि त्यसपछिका महिनामा निरन्तर उतारचढावमा रहेको छ। साउनमा ४ प्रतिशत पुगेको मूल्यवृद्धि असोजमा ३.८६, असोजमा ४.८२ प्रतिशत पुगेकोमा कात्तिकमा ५.६० प्रतिशतले बढेको छ।

खाद्य तथा पेय समूहको मूल्यवृद्धि उच्च देखिएको छ। कात्तिकमा खाद्य तथा पेयको ९.१० प्रतिशत र गैरखाद्यको मूल्यवृद्धि ३.६५ प्रतिशतले भएको छ।