ब्याजदर घट्दा पनि बढेन कर्जाको माग
२९ मंसिर काठमाडौ ।बैंकहरुमा अधिक तरलता भएसँगै कर्जाको ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । तर पनि कर्जाको माग नबढ्दा बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । अहिले बैंकहरुको कर्जाका ब्याजदर एकल अंकमा झरेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मका तथ्यांक अनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो।
अहिले बैंकहरुको औसत आधा दर ८ प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो एक वर्षभन्दा अगाडिदेखि नै बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ। पछिल्ला महिनाहरूमा नेपालका बैंकहरुमा पैसा थुप्रिएको र कर्जाको माग नभएको भन्दै अर्थशास्त्री, बैंकर तथा नीतिनिर्माताहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।