घट्यो वैदेशिक सहायता प्रतिबद्धता


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ३० २०८१
2.7K
SHARES

३० मंसिर काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार, गएको साउन, भदौ र असोजमा नेपालले उक्त सहायता प्रतिबद्धता पाएको हो । प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ६३.९ र ऋणको अंश ३६.१ प्रतिशत छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।