कान्ति बाल अस्पतालको अध्यक्षमा श्रीराम सुवेदी नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ५ २०८१
3.9K
SHARES

५ पुस काठमाडौं । सरकारले कान्ति बाल अस्पताल सञ्चालक समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई समितिको अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

बैठकले स्वास्थ्यमन्त्री पौडेलकै प्रस्तावमा पर्साको पोखरिया अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने गरी ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।