सुनको मूल्य स्थिर


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ९ २०८१
1.6K
SHARES

९ पुस काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।