जनता सरकारबाट सन्तुष्ट छैनन् – डा. डिला संग्रौला
९ पुस बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् ।
कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनताले सरकारबाट विकासको अनुभूति नगरेको पाएको उनले जानकारी दिइन् ।वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् ।