एमालेले सदस्यता खोसेपछि रावलले दिए यस्तो प्रतिक्रिया
१० पुस काठमाडौँ । नेकपा एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ देखिएको छ । नेतृत्वको निर्णयप्रति प्रश्न उठाउनेहरूमाथि एकपछि अर्को गर्दै कारबाहीको डण्डा चलाएबाटै एमालेभित्रको आन्तरिक लोकतन्त्रबारे प्रश्न उठेको हो ।
एमालेले संगठित सदस्यता खोसेपछि रावलले यसलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । ओलीले लामो समयदेखि नै कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।’
रावलले ओली साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलान्जली दिएर आफूविरुद्ध खनिएको टिप्पणी गरे ।