केपी ओलीले मलाई सदस्य दिएका होइनन् – नेता रावल


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १० २०८१
8.2K
SHARES

१० पुस काठमाडौं । एमालेले भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ ।आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

उनले हामीसंग सम्मक्षित कुरा गर्दै यस्तो बताएका छन्।केपी ओलीले संगठित सदस्यता दिएर यो पार्टीमा लागेको होइन । केपी ओलीको अनुहार पनि हेरेर लागेको होइन । जुन बेला म विद्यार्थी आन्दोलनबाट केन्द्रीय कारागारमा गएको थिएँ, त्यतिबेला राधाकृष्ण मैनाली झापाली बन्दीको मेसमा नबसेर अर्को कुनै ज्यान मुद्दा लागेको व्यक्तिसँग बसेका थिए ।

मैले किन यस्तो गरेका भन्दा केपी ओलीलाई देखाउँदै यिनी अवसरवादी हुन् त्यसैले यस्तो गरेँ भनेर राधाकृण मैनालीले जवाफ दिनुभएको थियो ।

संगठित सदस्यता भनेको देश र जनताको पक्षमा काम गर्ने क्रममा एउटा प्रतीकको रुपमा थियो । त्यो प्रतीक कुल्चेपछि देशभक्तिपूर्ण आवाज सिद्धिन्छ भन्ने केपी ओलीको धारणा होला । राष्ट्र र जनताका लागि ५० वर्षसम्म निरन्तर अविचलित आवाज उठाएँ त्यो जारी हुन्छ । कुन रुपमा जारी हुन्छ त्यो देखिनेनै छ ।