सरकारलाई कांग्रेसले नै नीतिगत नेतृत्व दिनुपर्छ – नेता सिटौला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १२ २०८१
2.5K
SHARES

१२ पुस काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरे पनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताएका हुन् ।

कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले बताए । सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अब पार्टी र सरकारबीचमा राम्रो समझदारी हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे ।उनले संविधान कार्यान्वयनको गहन ढंगले समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।आगामी निर्वाचनमा सबै वडादेखि तहसम्मको निर्वाचनमा जित हासिल गर्ने गरी अहिलेदेखि नै तयारी गर्न निर्देशन दिए ।