अखिल (क्रान्तिकारी)मा विवाद : माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
१४ पुस काठमाडौं । उमेहर हद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषयमा भएको मतदानमा विवाद हुँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतगणना स्थगित गरेको छ। उमेरहदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो। तर, केही जिल्लाको परिणाम आउन थालेपछि उजुरी परेको भन्दै मतगणनाा स्थगन गरिएको छ।
अखिल क्रान्तिकारीका निवर्तवन उपाध्यक्ष पवन कार्कीका अनुसार मोरङ, डडेलधुरा लगायतका जिल्लामा मतदान नै हुन नसकेको र अरु कतिपय जिल्लामा गडबडी भएकाले त्यसको उजुरी निर्वाचन समितिमा परेपछि मतगणाना स्थगन भएको जानकारी दिए। विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको छ। बैठक आजै दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो।