१ सय ८० किलोको मालाले प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
1.8K
SHARES

१४ पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक भए ।नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरिएको छ ।उनलाई एक सय किलो र ८० किलोका दुईवटा मालाले नागरिक अभिनन्दन गरिएको हो ।पर्सा जिल्ला क्षेत्र नम्बर ३ का सांसद समेत रहेका संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा उनलाई ८० किलोको मालाले अभिनन्दन गरिएको थियो ।

त्यस्तै, पार्टी जिल्ला कमिटीको तर्फबाट एक सय किलोको मालाले अभिनन्दन गरिएको पर्सा जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिए ।पर्साको कार्यक्रम सकेर अहिले प्रधानमन्त्री ओली काठमाडौं फर्कंदैछन् । उनी आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।