पूर्वउपराष्ट्रपति पुन पनि माओवादी स्थायी समिति बैठकमा सहभागी
१८ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारी हुने बताइएको छ ।आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए ।
तर, पार्टी बैठकमा सहभागी भएका तस्वीरहरू सार्वजनिक गरिएको थिएन । आजको बैठकमा पुन सहभागी भएका तस्वीर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।माओवादीका नेताहरूका अनुसार पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।