काठमाडौंमा भूकम्पको धक्का महसुस


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १८ २०८१
2.7K
SHARES

१८ पुस काठमाडौं। काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडाैंमा पनि महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।