बालगायक सचिन परियारको निधन


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १८ २०८१
3.1K
SHARES

१८ पुस काठमाडौं । युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ। गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ। उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।