देशको नेतृत्व गर्ने इच्छा छ – विप्लव


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २० २०८१
2.8K
SHARES

२० पुस काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् ।काठमाडौंमा आयोजित नेकपाको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार अहिलेको पार्टी एकता शुरु भएको बताए ।

उनले भने, ‘माओवादीले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तीन पटक सरकारको नेतृत्व गरिरहेकै छ । थुप्रै अवसरहरु पायो, तर के दियो भन्ने जनताको मनमा छ । हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एक चोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौं । हामी भन्न चाहन्छौं ।’