सत्ता र प्रतिपक्ष दलहरुबीचको संवाद रोकियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २० २०८१
6.7K
SHARES

२० पुस काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सत्तापक्ष र प्रतिपक्षी दलहरुबीचको संवाद रोकिएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा देशको समस्या समाधान गर्न राजनीतिक दलहरुबीच धेरै बैठक राखेको स्मरण गरे ।