म कुनै पार्टीमा सक्रिय छैन – सर्वेन्द्र खनाल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
7.2K
SHARES

२१ पुस काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको बताएका छन् ।

“हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु, म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,” खनालले लेखेका छन्, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”

देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सक्दो कार्य गरिरहने उनले बताएका छन् ।यसअघि खनाल एमालेमा सक्रिय थिए । उनले एमालेबाट संसदीय निर्वाचन समेत लडेका थिए ।