‘संविधान परिमार्जन सुझाव कार्यदल’ रास्वपाले गठन गर्‍यो


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
2.1K
SHARES

२१ पुस काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । “यो कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ,” उनले भने ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका उनले जानकारी दिए ।“साथै, यो कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन्,” झाले भने ।रास्वपा केन्द्रीय समितिको दुईदिने बैठक काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा जारी छ ।